साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

ठमाडौँ । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६८ अङ्कले उकालो लागेर १ हजार ९ सय ७७.३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ अङ्कले उकालो लागेर ३ सय ८३.७७ अङ्कमा पुगेको छ ।

कूल २ सय २७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ३६ अर्ब २१ करोड ९२ लाख ६२ हजार ३ सय ३१ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्र्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ९१ लाख आठ सय ६४ बराबरको कारोबार भएको छ ।

नेपाल दूरसञ्चार कम्पनी ६ करोड ५३ लाख ३७ हजार ८२, नविल बैंक ६ करोड ३० लाख ४९ हजार ७ सय ४९, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु ५ करोड ७८ लाख १६ हजार ५ सय ६० र हिमालयन डिस्टिलरी ३ करोड ९ लाख ३३ हजार दुई सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स ९.१८, जोशी हाइड्रोपावर ८.१२, युनाइटेड इन्स्योरेन्स ६.३३ र अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले ५.५७ प्रतिशतले कमाएका छन् । त्यस्तै सर्पोट माइक्रोफाइनान्स २.८६, सोल्टी होटल लिमिटेड १.९१, नेपाल दूरसञ्चार कम्पनी १.८६, माहुली लघुवित्त १.८३ र राधी विद्युत् कम्पनीका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाएका छन् ।