नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अङ्कले ओरालो लागेर १ हजार ९७३.०१ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अङ्कले ओरालो लागेर ३८२.९५ मा कारोबार भएको छ । कूल २ सय २४ कम्पनीको २४ लाख ४४ हजार ३ हजार ४४ कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार ४ सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ ।


सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार गरेको छ । 

यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ करोड ५९ लाख ७८ हजार ६ सय ६४, नवील बैंक ४ करोड ५६ लाख ५५ हजार ५ सय ८६, नेष्डो समृद्धि लघुवित्त २ करोड ८५ लाख ७ हजार ५ सय ५१ र नेपाल दूरसञ्चार कम्पनी २ करोड २३ लाख १७ हजार ४ सय ६६ बराबरको कारोबार गरी शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।