अवैध लागूऔषध सहित दुई पक्राउ

काठमाडौँ । अवैध लागूर्ओषध सहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३२ मझुवाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी नगरपालिका २ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएका छन् ।