संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि भयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री देउवाले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महशुस गरेको उल्लेख गरे । उनले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको समेत बताए ।

वर्तमान सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै सरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।