एसिड पीडित जेनी खड्का भन्छिन्, ‘मलाई एसिड प्रहार गर्नेलाई मपनि एसिड हान्न सक्छु’

काठमाडौं । जलनको रोकथाम हाम्रो अभियान’ नाराका साथ सप्ताह व्यापी कार्यक्रम शुरुवात भएको छ । नेपाल जलन प्रतिष्ठानद्धारा आयोजिन कार्यक्रममा जलनका कारण बार्षिक २ हजार १ सय नागरिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गरिएको छ ।

जलन प्रीतष्ठानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेपालमा जलनको अवस्था र जलनका कारण मृत्युहुनेहरुको संख्या तीव्र रुपमा बढ्नुको कारण बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा बीर अस्पतालका प्राडा पीयूष दाहालले जलनको उपचारका लागि आवश्यक जनशक्ति नै नभएको र त्यसका लागि सरकारले कुनै न कुनै कदम चाल्नु पर्ने बताए । डा. दाहालले सरकारको प्राथमिकतामा जलन नपरेको मात्र होइन चिकित्सा अध्ययन गरिरहेका विद्यार्थीहरुमा समेत यसको आकर्षण नरहेको जानकारी दिनु भयो ।

पछिल्लो तथ्यांकहरुलाई हेर्ने हो भने जलनका कारण मृत्यु हुनेको संख्या बढ्नुमा पनि राज्यले गर्नु पर्ने दायित्वमा कमी भएको गुनासो गर्नु भयो । एसिडबाट जलन हुनेहरुलाई राज्यले सहयोग गरेको भएपनि अन्य जलनका विरामीलाई राज्यले हेर्न नसकेका कारण आर्थिक अभावले पनि धेरैका ज्यान गईरहेको दाहालले जानकारी दिनु भयो ।


कार्यक्रममा एसिड पीडित जेनी खड्काले आफू एसिड पीडित भएर अझै पनि समाजबाट समेत पीडित हुनु परेको गुनासो गरिन् । उनले भनिन्,‘ मलाई एसिड प्रहार गर्नेलाई कार्वाही गरेको भन्ने कुरा सुने पनि तीन वर्ष जेल सजाएँ अपुग भएको उनको धारणा थियो । मैले अझै पनि न्याय पाउन सकेको छैन । अहिले पीडक खुल्लम खुल्ला हिडीरहेको छ । मलाई अझै डर छ । कानूनलाई एसिड आक्रमण गर्नेलाई हदैसम्म सजाय नहुने हो भने यो समस्या बल्झने खड्काको गुनासो थियो ।

प्रहरी नायव महानिरिक्षक दुर्गा सिंह चन्दलाई प्रश्न गर्दै उनले भनिन, ‘तीन वर्षको जेल सजायँले हुने भए म पनि पीडकलाई एसिड हान्न सक्छु ।