क्यानडामा आकर्षक रोजगारीका नाममा करोडौं ठग्दै

काठमाडौं । आकर्षक रोजगारीका लागि क्यानाड लैजाने भन्दैयुवाहरुलाई लाखौं ठगी गर्ने कार्यमा गिरोहहरु सक्रिय रहेका छन् । एडुकेशन कन्सल्टेन्सीदेखि व्यक्तिहरु समेत ठगी कार्यमा संलग्न भएको देखिएको छ ।

एडुकेशन कन्सल्टेन्सीका नाममा विद्यार्थीहरुबाट लाखौं असुल्दै आईरहेका चर्चा सेलाउन नपाउँदै अर्को एक गिरोहले क्यानडा लैजाने भन्दै ठगी गरेका छन् । यसरी ठगी गर्नेमा काठमाडौं चक्रपथका शंकर प्रसाद नेपाल, अच्चुत नेपाल (दाजुभाई), रामेछापका सुरज श्रेष्ठ चावहिलका महेश्वर श्रेष्ठ, पोखराका कमल खड्का र इलामका सोनम लामा सहित छ सदस्य रहेको खुलेको छ । काठमाडौ बस्दै आएका उनीहरुले युवाहरुलाई क्यानडा पठाईदिने भन्दै ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले युवाहरुलाई क्यानडाको रेष्टुरेष्टमा काम लगाईदिने भन्दै लाखौ रकम ठगी गर्ने गरेको पीडित ३७ बर्षिय डम्वर बहादुर तामाङ्गले बताएका छन् । क्यानडामा मासिक दुईदेखि तीन लाखसम्म कमाई हुने भन्दै उनीहरुले तामाङ्ग र उनका साथीहरु मार्फत लाखौं ठगी गरेका हुन् । पीडितहरुमा नवलपरासीका ३२ बर्षिय दुर्गाबहादुर थारु र अन्य साथीहरु रहेको तामाङ्गले बताए ।

नेपाल दाजुभाईले कामदार भिसामा क्यानडा पठाईदिने भन्दै तामाङ्गमार्फत मात्र १६ लाख रुपैयाँ लिएका थिए । पटक पटक नेपालका दाजुभाई, लामा र श्रेष्ठलाई रकम दिएपनि उनीहरुले क्यानडा पठाउन सकेनन् । रकम पनि फिर्ता दिएनन्। पीडित गुरुङ्गले बताए । उनलाई क्यानडामा खाना प्याकेजिङ्गको काम लगाईदिने आश्वासन दिएर रकम हात पार्न सफल भएका थिए । उनीहरुले क्यानडा लैजाने भन्दै दिल्लीसम्म लगेर पनि क्यानडा पठाउन नसकेको बताए ।