१९ किलो चाँदी सहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । धनुषाको जटहरी नाकाबाट १९ किलो चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। भारतबाट नेपाल तर्फ चाँदी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झा रहेका छन् ।

जटही नाका भएर साइकलमा सवार भई शरिरमै चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले बताए। बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए।

पक्राउ परेका सो भारतीय नागरिकको साथबाट १ थान साइकल, मोबाइल र घडि समेत बरामद गरिएको छ। चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।