आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ । निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो ।

सोही अनुसार कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति भएका छन् ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।