गाविस सचिवसमेत दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरुपमा ९ लाख ७६ हजार ९ सय बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ ।

आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको आरोपमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।