काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन जित्नका लागि निकै सकस पर्ने देखिएको छ । निरन्तर काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनिरहेको ईश्वर पोख्रेललाई यो पटक निकै नै कठिनाई छ ।

२०७० सालमा नरहरि आचार्यसँग करीव १ हजार मतले निर्वाचनमा हार व्यहोर्नु परेका पोख्रेललाई यस पटक पनि कठिन नै छ । पछिल्लो पटक सो क्षेत्रमा कुनै हैसियत नभएका कांग्रेसका प्रकाश शरण महत उम्मेवदार भएका कारण पोख्रेल निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसले नरहरि आचार्य जस्तै व्यक्तिगत रुपमा राम्रा उम्मेदवार उठाएमा ईश्वर पोख्रेलले निर्वाचनमा हार्ने छन् । अहिले कांग्रेसका तर्फबाट चर्चामा आएका डा. स्वर्णिम वाग्लेलाई उम्मेवदार कांग्रेसले बनाएका पोख्रेलले जित्ने सम्भावना निकै कम देखिन्छ ।

काठमाडौं क्षेत्र नं. ५ मा पर्ने क्षेत्र बुढानिलकण्ठ, टोखा, धापासी, महाराजगञ्ज, बालुवाटार, चपली, हात्तिगौँडा, पासीकोट, मण्डिखाटार, धुम्वाराही, विशालनगर, हाडीगाउँसम्मको अवस्थालाई हेर्ने हो भने पछिल्लो समय पोख्रेल सत्तामा रहँदा यस क्षेत्रका लागि खासै उपलब्धी मुलक कुनै पनि काम गर्न सकेनन् ।

बरु मण्डिखाटारबाट बग्ने खहरे खोलाको दुरुपयोग गरी भूमाफियासँग मिलेर खहरे छोपी बाटो बनाउन लगाए । जसका कारण रहेक वर्ष सो क्षेत्र डुवानमा पर्ने गरेको छ । धुम्वाराही तरबारी बजार, अकामा होटल हरेक वर्ष सोही कारण डुवानमा पर्ने गरेको छ । तसर्थ पनि यो पटक ईश्वर पोख्रेलले हार व्यहोर्नुे पक्का देखिन्छ ।