बर्दिया काँग्रेसमा बबण्डर, क्षेत्र नं.१ को आधिकारिक उम्मेदवार को ?


बर्दिया । बर्दिया कांग्रेस क्षेत्र नं १ मा बबण्डर मच्चिएको छ । क्षेत्र नं. १ मा कांग्रेसबाट दुई जना उम्मेदवारले मनोनयन गरेपछि कांगे्रेस बर्दियामा खैलाबैला नै मच्चिएको मात्र होइन निर्वाचन अधिकृतको कार्यालय नेपाली कांग्रेसका तर्फबाट सञ्जय गौतमका मात्र नाम प्रकाशित गरेपछि आधिकारिक उम्मेदवार भनिएका जिल्ला सभापति अरुणप्रकाश सिंह राठौर समर्थकहरु अन्यौलमा परेका हुन् ।

जिल्ला सभापति राठौरले मनोनयन गरेको पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ भने सञ्जय गौतमको मनोनयन पत्रमा पनि देउवाकै हस्ताक्षर रहेको छ । एउटै पार्टीका दुई उम्मेदवारको मनोनयन पत्रमा कसरी देउवाको हस्ताक्षर रह्यो भन्ने खोजीको विषय बनेको छ ।

सत्ता र शक्तिका लागि जस्तोसुकै हर्कत गर्न सक्ने देउवाले काठमाडौं क्षेत्र नं ४ मा समेत नैनसिंहलाई आधिकारिकताका लागि मनोनयन पत्रमा हस्ताक्षर गरेर पठाएका थिए । पछि सो क्षेत्रमा गगन थापाले नै मनोनय दर्ता गरेपछि नैनसिंह फिर्ता भएका थिए । त्यसो हो भने अव बर्दिया क्षेत्र नं. १ मा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवार गौतम कि राठौर त ? निर्वाचन अधिकृतको कार्यालय भन्छ , निर्वाचन आयोगमा सो विषय जानकारी गराईसकिएकाले जे आदेश आउँछ सो अनुरुपमा हुने छ ।