के महिलाले पुरुषको खुट्टा ढोग्न हुन्न?

काठमाडौ । दशैमा श्रीमतीले श्रीमानको खुट्टा ढोगेको बिषय यतिखेर सामाजिक संजालमा भाइरल भैरहेको छ । समाज पक्ष र विपक्षमा बिभाजित छ । कतिपयले यसलाई परम्परादेखि चलि आएको चलन अनि धार्मिक हिसाबले ठुलाबाट आशीर्वाद लिनु राम्रो भनेका छन।तर कतिपय अधिकारकर्मीहरुले यसलाइ एक्काइसौं शताब्दीको दासत्वको रुपमा ब्याख्या र विशेषण गरेका छन।
सामाजिक सन्जाललाइै धेरैले मनको बह पिडा पोख्ने थलो बनाएका छन । त्यसैलाई आधार बनाए विभिन्न टिप्पणीहरु भैरहेका छन् । यसैबीच लामो समयदेखि लैगिक हिंसाका विरुद्ध महिलाहरुको पक्षमा आवाज उठाउदै आएकी चर्चित सञ्चारकर्मी आरती चटौतले खुट्टा ढोगेको केहि तस्बिर सार्बजनिक गर्दै सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्बजनिक गरेकी छिन । उनले पोस्ट गरेको धारणा यहा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

बास्तममा बिवहा त (गर्न चाहानेका लागी) संसार कै सबै भन्दा सुन्दर नाता हुनसक्छ तर शर्त यति मात्र हो कि यस्मा एक महिला र एक पुरूष वा जो कोहि दुई ब्यक्तिहरू बिच परस्पर प्रेम, सद्भाव, सम्मान, समझदारी,सहयोग, साथ, बिश्वास … अनि एक अर्कालाई जीवनसाथीको रूपमा स्विकार्ने सहअस्तित्वको भाव होस् !!

अब यस्मा पनि बिरोधको कारण खोज्नु हुन्छ कि …..

“… सन्दर्भ बिशेषमा द्खिने यी ‘असली अनुहार’ त त्यो प्रवृतिको tip of the iceberg मात्रै हो, यो कुप्रथाको जरो कति गहिरो छ भन्ने कुरा त ,यो बिषयमा आउने प्रतिक्रियाबाटै थाहा हुन्छ ! धेरै सभ्य, शिक्षिकले नै जीवनसाथी बिचको यो असमानताको पृष्टपोषण वा समर्थन गर्नुहुन्छ …”

यो तस्विर त एक प्रतिनिधिमूलक बिम्ब मात्र हो .. हैन् भने ‘हाम्रा’ प्राय हरेक घरको असली चरित्र र रूप यहि नै छ!

बिशेषगरी कुनै सन्दर्भ वा प्रसंग आउनु पर्छ .. मैं हुं भनेर समाजमा नेतृत्व दिनेहरूको असलि अनुहार देख्न पाईन्छ !! सन्दर्भ सोमबार / तिज वा अन्य जे पनि हुन सक्छ .. कतिपय सरकारी, गैरसरकारी, बैंक- वित्तीय संस्था.. चलचित्र, नागरिक समाज, पत्रकार लगायत .. केहि आधिकारकर्मी समेत सन्दर्भमा पनि यस्तै प्रवृति प्रकट भएको देखिन्छ ! यस्मा महिला पुरूष वा अन्य जो पनि हुन् सक्छन् !

कतिपय आफ्मो क्षेत्रमा नाम कहलिएका, प्रखर र क्रान्तिकारी सुनिने, उत्प्रेरक ब्यक्तित्वहरू जो पुरूष छन् .. त्यस्ताको पनि पत्नी द्वारा भगवान झै आसम ग्रहण गराएर गरेको पुजा- आरतीको दृष्य होस् ..वा आफुलाई देवादिदेव कै अंश मानेर पत्नीलाई पाउमा निधार राख्दा महापुरूष भएको भ्रममा पर्नेहरू हुन् यी सब प्रवृति उस्तै हुन् , (जस्मा केहि महिलाले पनि निश्वास गर्छन्) समाजमा यस्तो प्रवृति आम भए पनि, यस्ता ‘रोल मोडल’ जस्ता देखिनेले पनि यो असमान ब्यबहार गरेको देख्दा … समानतामा बिश्वास राख्मे हरेकको मनमा एक किसिमको बिरोधभाव जाग्नु स्वभाविक हो !!

त्यसो त … बिशेष गरी हिन्दु परम्परामा बिवहा गरेर ‘ल्याउदा’ एक पुरूषले एक महिलालाई .. आफ्नो खुट्टा ढोगाएर, जुठो ख्वाएर, नाम-थर-घर परिवर्तन गराएर, आफु ‘मालिक’ हुनुको बर्चस्व स्थापित गरेर आफुसंग लिएर जाने परम्परा छ, न कि जीवनसाथीको रूपमा !! अनि जन्म दिने आमा-बुवाले त ‘मारे पाप पाले पुण्य’ भन्दै दान गरेर आफ्नो सन्तान त्यो छोरीलाई अरूका जिम्मा लगाईदिन्छन् !!

अनि त्यो सम्बन्ध जीवनसाथी बिचको हैन् .. शुरू हुन्छ भगवान/मालिक र भक्त/सेवकको रूपमा ..!! त्यसैले त हाम्रो जस्तो समाजमा महिला माथि सबै भन्दा बढि हिंसा त्यहि बिवाह गरेको पुरूषबाट हुने कुरा प्रमाणित भैसकेको छ!

त्यसैले त … बेलाबेलामा यी र यस्ता दृष्य र प्रवृति प्रकट हुनु सामान्य कुरा नै हुन् !! तर फरक यति छ कि हिजो सम्म सामान्य लाग्ने यी दृष्यमा अब प्रश्न उठन थालेको छन् !

एउटामा प्रश्न उठे पछि धेरै यस्ता तस्विर सामाजिक संजालबाट हटेका पनि छन् !! तर सवाल तस्विर मात्र हट्नु सॅगको हैन् !

आजको दिनमा पनि यो असमान प्रबृति रहिरहनु चिन्ताको बिषय हो !

अचेल यी र यस्ता असमान प्रवृत्तिका बिरूद्धमा बुलन्द आवाज उठदै त छन्, देशको संविधानले यी असमानतालाई कुप्रथा भनिसक्यो र यस बिरूद्ध कानुन समेत बनेको छ .. यो सब किन होला, एक पल्ट सोच्नु त !!!

अनि त्यहिनेर केहि शिक्षित, समाज र देशलाई नै नेतृत्व दिने हैसियतकाले समेतले त्यहि गलत र असमान प्रवृतिको समर्थन गरेको पनि देखियो – त्यस प्रति गहिरो खेद प्रकट गर्छौं तर .. यस्मा पनि केहि आश्चार्य भने छैन् .. ती सोच पनि त त्यहि सामाजिकिकरणको उपज हो! फेरि यस्मा ‘ ईच्छा भए गर्न पाउने – अरूलाई के समस्या ‘ जस्ता आधारहिन तर्क पनि प्रस्तुत भए तर .. ईच्छा नै भए यो ईच्छा महिलामा मात्र किन हुने? के यो महिनावारी हो र, पुरूषलाई हुनै नसक्ने?? त्यो पनि एकै खाले संस्कृतिका महिलामा मात्र किन यो रूचि जाग्ने रैछ ?? सोचौं न एक पटक .. यस्को पनि अध्ययन नै गरौं न त है !!

शताब्दियौं देखि स्थापित मान्यताहरूले हाम्रो ब्रेन वाश गरेको छ .. त्यसैले समानताका निम्ति उठेका आवाजमा पनि बिरोध, कुतर्क.. प्रतिरोध हुनेगर्छ किनभने अझै ती ‘वाश्ड ब्रेन’ नै शक्ति संरचनामा बढि छन् र तिन्कै स्वर चर्का पनि होलान् … तर बिश्व मै प्रमाणित तथ्यको शक्ति सहित, समानतामा बिश्वास राख्ने हरेकको यो समनताको संघर्ष हरपल सशक्त हुने कुरामा कुनै आशंका छैन् … ! अगाडी बढेका देश र समाजमा बिध्यमान अवस्था पनि अध्ययन गरौं न .. कति आफुलाई ‘लागेका’ कुराका आधारमा दलिल दिएर समाजलाई भ्रमित गर्ने !!