पहिरोमा परी ३६ को मृत्यु, ५६ बेपत्ता

काठमाडौँ । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखि अविरल वर्षापछि आइतबार बाढी र पहिरो खस्दा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । बाढी र पहिरोमा परेर अन्य ५६ जना बेपत्ता भएको यहाँका उद्धारकर्मीहरुले जानकारी गराउका छन् ।

भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा ३ सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ३ हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका थिए । उनले आइतबारदेखि ३ दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेको छ । उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ ।