संविधानको रक्षा र आर्थिक समृद्धिका लागि गठबन्धनलाई नै भोट गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । आगामी मंसिर ४ मा हुर्ने चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले जनताको आवश्यकता पूरा गर्दै देशलाई विकासको गतिमा अघि बढाउन वर्तमान गठबन्धननै आवश्यक रहेकाले गठबन्धनकै पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे । उनले नेपाल विकासको गतिमा अघि बढेको बताएका छन् । सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको प्राकृतिक सम्पदाबाट पनि राम्रो आम्दानी गर्नेगरी अघि बढिरहेको समेत बताए ।

प्रधानमन्त्री देउवाले नेपालले बिजुली बेचेरै पनि आर्थिक समृद्धि गर्ने बताउँदै देउवाले भारतले बिजुली किन्ने सम्झौता गरेको बताए । ठूलोमात्रामा बिजुली उत्पादन गर्न सकेमात्र पनि नेपाल थोरै समयमै आर्थिकरुपमा सबल बन्ने बताए ।