कारबाहीमा ५ आईएस लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् ।

आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारहरूलाई बताए ।