जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय मुखिया पक्राउ

काठमाडौँ । धनुषामा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका ३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।