धारिलो हतियार खुकुरी प्रहार गरी हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका (१ घर भई हाल ललितपुर महानगरपालिका(२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राई रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको हो । घटना भएलगतै प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।