किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जन रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महर्जनले ती किशोरीलाई काठमाडौं महानगरपालिका १४ कलंकीस्थित गेष्ट हाउसमा लगी ललाई फकाई विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गरेको भनी उजुरी दर्ता गराएको छ ।

पिडीत किशोरीले उजुरी गरेको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।