नेप्से परिसूचक ५६.११ अंकले वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५६.११ अंकले वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका २ सय ३१ कम्पनीको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढेको छ । एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ ।