भरूवा बन्दुक सहित एक पक्राउ

काठमाडौँ । मोरङमा भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका २ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक बिश्‍बकर्मा रहेका छन् । उनलाई १ थान अवैध भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दिपकले मादक पदार्थ सेवन गरी आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको स्थानीयले बताएका छन् । गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।