गोठाटारमा खुकुरी प्रहार गरी आमाको हत्या

काठमाडौँ । काठमाडौँको गोठाटारमा आफ्नै छोराले धारिलो हतियार खुकुरी प्रहार गरी ७० वर्षीया आमा फुलमाया तामाङको हत्या गरेको छ ।

आमाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ३ घर भई कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले आफ्नै कोठामा आमाको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सुचनाको आधारमा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।