सुनको मूल्य एक सयले घट्यो

काठमाण्डौ । सुनचाँदी बजारमा आज ​सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । बिहिबार छापावला सुनको मूल्य तोलामा ९३ हजार २ सयमा कारोबार भएको थियो ।

सुनचाँदी महासंघका अनुसार आज छापावला सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।