काठमाडौं क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिनेशलाई पूर्व राजदूतदेखि पुराना कम्युनिष्ट नेताको साथ

काठमाडौं । काठमाडौ जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर ४ गते हुन गईरहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिनेश खनाललाई काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका पुराना कम्युनिष्ट नेता नेपालजित लामा लगायतले साथ दिने भएका छन् ।

काठमाडांैं क्षेत्र नं. ३ मा यस अनि निर्वाचित भएका राजनीतिक दलका सदस्यहरुले निर्वाचित भएपनि जनताको काम नगरी भ्रष्टाचारमा रमाउने गरेका कारण पनि स्वतन्त्र उम्मेदवार दिनेशलाई साथ दिन लागेको सो क्षेत्रका पुराना कम्युनिष्ट नेता नेपाल जीत लामाले बताए ।

घरदैलो कार्यक्रममा उनले दिनेश जस्ता परराष्ट्र मामिलाका जानकार र एमसीसीको विपक्षमा उभिन सक्ने आँटिला युवा पुस्तालाई अव सदनमा लैजानका लागि पनि सवैले सहयोग गर्नु पर्ने बौद्ध क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण लामा बताए । त्यस्तै जापानका लागि पूर्व नेपलाी राजदूत गणेश योञ्जनले पनि आफू खनालको साथमा रहेको भन्दै अग्रिम शुभकामना समेत दिएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहलाई निर्वाचित गराउने समूह यतिखेर दिनेश खनाल जिताउने अभियानका सक्रिय देखिन्छन् ।