मतदान केन्द्रमा कर्मचारी छनोट सम्पन्न

काठमाडौँ । निर्वाचन कार्यक्रमअन्तर्गत मतदान केन्द्रमा खटाइने कर्मचारी छनोटको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सङ्कलन गरिएको सरकारी कर्मचारी कुन केन्द्रमा को भन्ने छनोटको काम सम्पन्न भएको निर्वाचन अधिकृत भुसालले जानकारी दिएका छन् ।

निर्वाचन अधिकृत भुसालका अनुसार छनोट गरिएका ती कर्मचारीको विवरण रुजु गरेर एक–दुई दिनभित्रै सार्वजनिक गरिने छ । “निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सहायक र सहयोगी कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले खटाउने छ”, उनले भने, “मतदान केन्द्रका लागि आवश्यकतानुसार स्वंयसेवक कर्मचारी भने मतदान अधिकृतले नै नियुक्त गर्न सक्नेछन् ।”

जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा २ लाख ३९ हजार ७ सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा १ सय ३२ मतदानस्थलमा २ सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।