लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौ । झापाको बिर्तामोड नगरपालिका चार बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका १ मा बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत  अन्य दुई जना रहेका छन् । उनीहरुलाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।