रोल्पामा पिर्का प्रहार गरी बुबाको हत्या

काठमाडौँ । रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको छ । हत्या गरेको आरोपमा त्रिबेणी गाउँपालिका ४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवै जना घरको भान्सा कोठामा  बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंह बुबाको घटनास्थलमै मृत्यु भएको हो । 

हत्या गरी फरार रहेका संदिपलाई प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।