एटिएम मेसिनको ढोकाको सिसा तोडफोड, २ जना पक्राउ

काठमाडौँ । वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको छ । एटिएमको ढोकाको सिसा तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका ५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् ।

उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।