सुनको मूल्य घट्यो

काठमाडौँ । आजा सुनको मूल्य तोलामा ३ सयले घटेको छ । सोमबार छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोकबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा किनबेच भइरहेको छ । । यसको मूल्य सोमबार तोलामा ९३ हजार ८ सयमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य सोमबार कारोबार भएको मूल्यका तुलनामा स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपयाँमा किनबेच भइरहेको महासङ्घले जानकारी दिएको छ ।