सुनको मूल्य स्थिर, चाँदीको कति त ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा सुनको मूल्य बुधबार भएकएको कारोबारको तुलनामा स्थिर रहेको छ । छापावाला सुन तोलामा ९५ हजार ४ सयमा किनबेच भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा तोलामा १० ले ओरालो लागेको महासङ्घले जानकारी दिएको छ ।