सेतीदोभान पुल निर्माणलाई पहिलो प्राथमिकता : पूर्वमन्त्री

काठमाडौं । पूर्वमन्त्री शङ्कर भण्डारीले २ पालिका जोड्ने सेतीदोभानको पुल निर्माण कार्यको लागी पहिलो प्राथमिकता रहेको बताएका छन् । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका भण्डारीले घरदैलो अभियानमा सो कुरा बताए ।

उनले जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिएका छन् ।

 अपुरो अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस् । भण्डारीले भने, के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु ।

पुभिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरु निर्माण कार्य अगाडि नबढेको कारण चिन्तित रहेका स्थानीयले निकै कष्ट पाएको बताए । अलपत्र परेको पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने व्यवसायीहरुले माग छ ।

खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय गर्न सहज हुने उनको भनाइ छ ।