खेलकुदमा अग्रता बढाउँदै आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनलले आफ्नो अग्रता बढाएको छ । शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–० गोलले हराएका छन् । उनको जितमा दुवै गोल मार्टिन ओडेगार्डले गरेको बताए।

उनले ५४औं र ७५औं मिनेटमा गोल गर्दै आर्सनललाई सजिलै जिताएका थिए। जितसँगै उनले १४ खेलबाट ३७ अङ्क प्राप्त गरेका थिए । आर्सनले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अङ्कले अगाडि रहेको छ । सिटीको समान खेलबाट ३२ अङ्क पुगेको छ । उनीसँग पराजित वल्भ्स १० अङ्कसहित अन्तिममा रहेको बताए ।

शनिबार भएको खेलमा म्यानचेस्टर सिटी ब्रेन्टफर्डसँग २–१ गोलले पराजित भएको थियो । सिटीको पराजयले आर्सनललाई थप फाइदा पुगेको बताएका छन् । सिटीलाई हराएको ब्रेन्टफर्ड १५ खेलबाट १९ अङ्क जोड्दै १०औं स्थानमा प्रवेश गरेको छ । अन्य खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले हराएको छ ।

चेल्सी न्युक्यासल युनाइटेडसँग १–१ गोलले पराजित भएको छ । अन्य खेलमा टोट्टनहामले लिड्स युनाइटेडलाई ४–३, लेस्टर सिटीले वेस्टहामलाई २–०, वर्नमाउथले एभर्टनलाई ३–० र नटिङ्घमले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको छ।