नेप्से परिसूचक १०.५४ अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज १०.५४ अङ्कले ओरालो लागेर १ हजार ८ सय ८३.१६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८३ अङ्कले ओरालो लागेर ३ सय ७०.५३ मा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको १२ उपसमूहको शेयर ओरालो लागेको छ ।

कूल २ सय २५ कम्पनीको २० लाख २८ हजार ३ सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ मा खरिद बिक्री भएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार ४ सय ३१ बराबर रहेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो  कम्पनीको १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार गरेको छ । निर्धन उत्थान लघुवित्त २ करोड ४० लाख ५२ हजार ३ सय ३९, नबिल बैंक २ करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी रु दुई करोड १६ लाख ३९ हजार ६ सय ७ खरिद बिक्री गरेको छ । 

लक्ष्मी इक्विटी फण्ड ७.९०, लक्ष्मी उन्नति कोष ३.७७, मन्दाकिनी हाइड्रोपावर ३.७४, सिँगटी हाइड्रोपावर ३.३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४ प्रतिशतले कमाएका छन् ।