मोरङमा धारिलो हतियार प्रहार गरेरी मामाको हत्या

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–८ मा धारिलो हतियार प्रहार गरेर आफ्नै मामाको हत्या गरेको छ । खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले आइतबार राति ११ स्४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले बाम्फोकले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् । महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ हो ।

निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन । ‘हत्या नै गर्नुपर्ने त्यस्तो कुनै कारण देखिँदैन,’ डीएसपी श्रेष्ठले भने, ‘उनीहरुबीचमा कुनै पुरानो रिसईबी रहेको वा कुनै विवाद भएको पनि पाइएको छैन् ।