सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । तोलाम १ सयले घटेर ९७ हजार २ सयमा किनबेच भइरहेको छ । छापावाला सुन आइतबार प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा किनबेच भइरहेको छ । तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोलामा ९६ हजार ८ सयमा किनबेच भएको थियो ।

 आज चाँदीको मूल्य आइताबार भएको कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार २ सय ९५ मा तोकिएको महासङ्घले जानकारी दिएको छ ।