सहकारी संघमा १ अर्ब बढी रकम हिनामिना

काठमाडौं । सर्लाहीको मनकामना बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरेको १ अर्ब भन्दा बढी रकम हिनामिना भएको छ । बहुउद्देश्यीउ सहकारी संस्थाहरुले केन्द्रीय सहकारी संघमा करोडौं रुपैयाँ जम्मा गरेको छ । संघको आठौं प्रतिवेदन अनुसार कुल पुँजी नै ६५ करोड रुपैयाँ भन्दा माथि रहेको छ ।

सहकारी संस्थाको सन्तोष श्रेष्ठले सो सहकारी संघबाट ६० लाख रुपैयाँ पाउनुपर्ने थियो । दशैं अगाडी नै सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न आएपछि उनी काठमाडौं गएका थिए । आफूले जम्मा गरेको ६० लाख रुपैयाँ फिर्ता पाँउ भन्दै उनले बहुउद्देश्यीय सहकारी संघको कार्यालय पुगे । तर संघले उनलाई १ पैसा पनि दिन सकेन । त्यसपछि श्रेष्ठले संघविरुद्ध सहकारी विभागमा उजुरी दिने भएपछि अध्यक्ष भण्डारीले तिहार पछि २५ लाख दिने बचन दिएका थिए । उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा हालसम्म पनि १ पैसा हात नलागेको बताए ।

संघको एक अधिकारीका अनुसार वार्षीक साधारणसभा विभिन्न कारण देखाउँदै रोकिए पनि यो रकम बढेर १ अर्व भन्दा बढी पुगिसकेको छ। संघको अध्यक्ष सुरेन्द्र भण्डारीले मनोमानी र अनीयमीतता गर्दा अहिले संघले सहकारीलाई १ पैसा पनि फिर्ता दिन नसक्ने अवस्था सिर्जना भएको बताए।

श्रेष्टले मात्रै होइन अधिकांश बहुउद्देश्यीय सहकारी सस्थाहरुले हालसम्म पनि संघको बचत राखेको एक पैसा पनि फिर्ता नपाएको गुनासो छ । श्रेष्ठले २० लाख रुपैयाँ फिक्स डिपोजिटमा राखेको कारण आगामी असारमा मात्रै त्यो रकम पाउने र बाँकी रकम तिहारपछि दिने सहमत भएपछि आफू मुद्दामामेलाबाट पछि हटेको बताए ।

सहकारी कार्यलयमा सम्पर्क गर्दा फोन उठाउने ब्यक्तिले सहकारीहरुलाई पैसा फिर्ता दिइरहेको बताए । सहकारी संघ भित्रको करोडौं रुपैयाँ अनियमितता भएको श्रोतले बताएको छ ।

श्रोतका अनुसार भण्डारीले संघको करोडौं रुपैयाँ अपचलन गरी आफू कार्यकारी निर्देशक रहेको श्री लालीगुराँस सहकारीमा लुकाएका छन् । पुल्चोक स्थित कार्यलय अगाडी नेवारी समुदायको सभ्यतासँग जोडिएको समय फल्चा निर्माण गर्न नदिन षड्यन्त्र गरेको खुलासा भएपछि ललीतपुरका आदिवासी नेवार समुदायले त्यतिबेला नै साढे ४ अर्ब रुपैयाँ बचत रकम फिर्ता लगेका थिए ।

एक सहकारी अभिनेताले भने, सहकारी ऐनको बर्खिलाप गर्दे संघको अध्यक्ष भण्डारीले आर्थीक अपचलन गर्नेको लागी अन्य सहकारीहरुलाई समस्या परेको छ। सहकारी भित्र आर्थिक सुनशानको माग गरेपछि संघकै सचिव माधव तिल्सिनालाई षड्यन्त्रपूर्वक तारिकाले जेल कोचिएको ती व्यक्तिको आरोप छ ।

आर्थिक बर्ष ०७७/०७८ को आर्थीक बजेट बक्तव्य अनुसार ०७८ असार ३१ गतेसम्म बचत हिसाब नै १ अर्ब ४ करोड ३३ लाख १८ हजारभन्दा बढी छ् । २ बर्ष अघिनै एक अर्बभन्दा बढी रकम बचत गरेको संघले अहिले एक पैसा पनि फिर्ता दिन नसक्ने अवस्थामा पुग्नलाई सबैले शंकास्पद रुपमा हेरेको छ । आर्थीक अपचलनले समाचार प्रमाणसहित प्रकाशित गरे पनि पत्रिकामा खण्डन पठाउने मुद्दा हालेर भुलाउने प्रयास भण्डारीले गर्दे आएका छ्न् ।

आर्थीक बर्ष ०७६/७७ अनुसार बहुउद्देश्यीय सहकारी संस्थाहरुको संख्या ४ हजार ३ सय ७१ रहेको छ् । २०७७ पुस १० गते सम्म संघमा जम्मा ३ सय ४३ सहकारी मात्र आबद्ध छन् ।