नेप्से दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.४० अङ्क बढेर १ हजार ९ सय ११.२६ विन्दुमा पुगेको छ ।

आजको कारोबार भएका ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २.८६ अङ्क बढेर ३ सय ७६.५७ विन्दुमा पुगेको छ ।

कूल २ सय ३२ कम्पनीको २४ लाख ९५ हजार ६ सय १२ कित्ता शेयर ८५ करोड ९४ लाख ६ सय १२ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६ सय ३० बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरी ५ करोड १ लाख ९० हजार ७ सय १६, नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ८१ लाख २६ हजार ३ सय ३०, शिवम् सिमेन्ट ३ करोड ७८ लाख ५८ हजार ५ सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।