काठमाडौँ–३ मा एमालेलाई अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार ४ सय २४ मतगणना सकिँदा राईले १ हजार ७५ मत प्राप्त गरेका छन् ।

राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले ६ सय ४७ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले २ सय ५२ मत पाएको छ । तीन हजार ४ सय २४ मतमध्ये ३ हजार २ सय ७१ मत सदर भएको थियो ।

एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो ।