काठमाडौं क्षेत्र नं. २ मा घण्टी र हलो अघिपछि

काठमाडौं । आम निर्वाचनको मत परिणाम आउने क्रममा काठमाडौंमा निकै रोचक वन्दै गईरहेको छ । काठमाडौं क्षेत्र नं. १ मा राप्रपाका रविन्द्र मिश्रलाई १ सय २७ मतले कांग्रेले पराजित गर्दा क्षेत्र नं. २ मा भने विगतमा एमाले कांग्रेसले बर्चश्व बनाएको भएपनि अहिले घण्टी र हलोको रस्साकस्सी देखिएको छ । क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिँदा राप्रपाकी कुन्ती पोखरेल दोस्रो स्थानमा परेकी छिन् ।

अहिलेसम्ममा सोविताले ५ हजार ३ सय ३२ मत पाउँदा कुन्तीले ३ हजार ७ सय ६९ मत प्राप्त गरेकी छिन् ।

एमालेका मणिराम फुँयालले ३ हजार ७१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीले २ हजार ८ सय १६ मत प्राप्त गरेकी छिन् ।