सिन्धुलीबाट माओवादी केन्द्रका दाहाल बिजयी

काठमाडौं । सिन्धुलीबाट नेकपा माओवादी केन्द्रका उम्मेद्दवार लेखनाथ दाहालले प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत ल्याएर बिजयी भएका छन् ।

निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले बिजयी भएको बताएका छन् । यसैगरी उनका प्रतिशप्रधि थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छन।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् भने राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।