दोस्रो पटक योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भटराई दोस्रो पटक विजयी भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरेर विजय भएका छन् भने बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।