इन्जिनियर र सव इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र सव(इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको शारदा नगरपालिका २ लुहापिङ्गलस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमित भएको निष्कर्षसहित इन्जिनियर तुफान जिजङ्ग केसी र सब (इन्जिनियर सरस्वती थापासहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले शारदा नगरपालिका वडा नम्बर (२ का तत्कालीन वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा, भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारी र तत्कालीन प्रअ माधव विक्रम जिसीविरुद्ध मुद्दा दायर गरेको छ ।

भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको दाबी छ ।