सुर्खेत २ : प्रदेशसभा (१) मा कँडेल निर्वाचित

काठमाडौँ । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार यमलाल कँडेल विजयी भएका छन् ।

उनले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएको हो भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएको थियो ।

यस्तै नेकपा (माओवादी केन्द्र)का सूर्यबहादुर खत्रीले ३ हजार ६ सय ८५ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद उपाध्यायले १ हजार २ सय ७५ मत प्राप्त गरेको छ ।