कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका उनले पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५ सय ८४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएको हो । विजयी बलायरले २६ हजार १ सय ७१ र पराजित भट्टले २२ हजार ५ सय ८७ मत प्राप्त गरेको छ ।

यसअघि, बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट जित्नु भएको थियो । पराजित भएका भट्टले भने २०६४ र २०७४ को निर्वाचन कैलाली–४ बाटै जितेका थिए । २०७० को निर्वाचनमा उनी नेपाली कांग्रेसका दीर्घराज भाटसंग पराजित भएको थियो ।