राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको लोगोदेखि हरेक कुरामा समानता किन ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनु करीव ४ महिना अगाडि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर चर्चामा रहेको छ । पुराना राजनीतिक दलहरुलाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फ काठमार्डौमा मात्र ४ क्षेत्रमा आफ्नो जित हासिल गरिसकेको छ । अहिलेसम्मको मत परिणामलाई हेर्ने हो भने थप ४ स्थानमा यसले अग्रता लिईरहेको देखिन्छ । जसलाई विजयीका लागि पक्का पक्की भन्दा पनि हुन्छ ।

देशभरी राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा वहश चलिरहँदा कसैले ध्यान पु¥याउन नसकेको एउटा महत्वपूर्ण पाटो भने स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह घण्टी, पार्टीको झण्डाको रङ्ग र संकेत चिन्ह तारालाई हेर्ने हो भने कतै यो पार्टी अमेरिकन फ्रिडम पार्टीको नेपाल स्थित शाखा कार्यालय त होइन भन्ने आशंका पैदा गराएको छ ।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लामो समय अमेरिका बसेका व्यक्ति मात्र नभएर नेपाली नागरिकता त्यागेका व्यक्ति पनि हुन् । उनी नेपालमा आएर सञ्चारकर्मी बनिरहँदा रवि लामिछाने र अर्का पत्रकार किशोर श्रेष्ठ वीचको आन्तरिक लडाइँका कारण लामिछानेले अमेरिकाको ग्रिन कार्ड त्यागेको घोषणा गरेका थिए । तर उनले नेपालको नागरिक बन्नका लागि र नागरिकता प्राप्तिका लागि कुनै पनि प्रयास भने गरेका थिएनन् । अहिले उनको पुरानो नागरिकतालाई मान्ने कि नमान्ने भन्ने बहस पनि हुन थालेको छ ।

अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लोगो

यद्यपी निर्वाचन आयोगले पुरानै नागरिकता आधारमा उम्मेदवार स्वीकृत गरिसकेपछि त्यसलाई चर्चा ल्याउनु पुराना पार्टीहरुको हारको असन्तुष्टि पोख्ने एउटा बाटोमात्र हो भन्दा फरक नपर्ला । तर यहाँ उठेको महत्वपूर्ण कुरा के हो भने रवि लामिछानेको स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको सम्वन्ध के हो भन्ने प्रश्न उठ्न थालेको छ । अमेरिकन फ्रिडम पार्टीले पनि आफनो चिन्ह घण्टी र निलो आधारमा सेतो तारा अंकित गरी स्वतन्त्रता, सार्वभौमसत्ता र पहिचानको विषयलाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको पनि करीव करीव उस्तै छ । (अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लोगो हेर्नुस्) यसले के संकेत गरिरहेको छ भने रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टी वीच कुनै न कुनै सम्वन्ध छैन ?

हुन पनि झ्वाट्ट हेदा पार्टीको नामदेखि रुपरेखा सवै उस्तै मात्र होइन विचार पनि उस्तै उस्तै देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भईरहँदा धेरैले आरोप पनि लगाउँदै आईरहेका थिए कतै युरोपियन युनियनको सहयोगमा सञ्चालित पार्टी त होइन ? किन की सो पार्टीको झण्डा र युरोपियन युनियनको झण्डा उस्तै देखिन्थ्यो । तर इकालोपाटीले अध्ययन गर्दै जादाँ रवि लामिछाने नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीका अधिकांश कुरा एउटै देखिएको छ ।

यसको मतलव अमेरिकाले वा अमेरिकन फ्रिडम पार्टीको लगानीमा राष्ट्रिय स्वतन्त्र पार्टी सञ्चालित त छैन भन्ने आशंका पैदा नभएको पनि होइन । तर, धेरै यस विषयमा अध्ययन नगरेका कारण पनि यस विषयमा चर्चा हुन नसकेको हो ।
अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको हरेक कुरा मिल्नु कुनै संयोग मात्र हो वा लामो समय अमेरिका बसेर आएका रवि लामिछाने उता बस्दा सोही पार्टी निकट व्यक्तिहरुसँग नजिक थिए र नेपालमा उस्तै नाम, पार्टीका झण्डा, चुनाव चिन्ह लिएर राष्ट्रिय राजनीतिमा आए भन्ने कुरा सायद निर्वाचन पछि लामिछानेले प्रष्ट पार्ने छन् ।