कतार विश्वकप : आज चार खेल हुने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदै छन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘एच’ मा रहेका पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘एच’ मा रहेका उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।