प्यूठानको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तुल्सी र कांग्रेसका रोज विजयी

काठमाडौँ । गत संसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठानको प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन्। शर्माले २० हजार २ सय १० र प्रतिस्पर्धी गठवन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) ले १७ हजार २ सय २७ मत प्राप्त गरेका छन्।

उनीहरुबीच २ हजार ५ सय ८३ मतको अन्तर भएको छ। शर्मा एमालेका लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य र प्यूठानका निवर्तमान जिल्ला कमिटी अध्यक्ष हुन्।

त्यस्तै, प्रदेससभा निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका छन्। राणाले २२ हजार ५ सय १८ र उनका प्रतिस्पर्धी एमालेका हरिप्रसाद रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरेका छन्।

उनीहरुबीच १ हजार ७ सय १२ को मतान्तर भएको छ। राणा नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति हुन्।