किन रोकियो उदयपुर(१) को मतगणना ?

काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मतगणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको जानकारी दिएको छ ।

हालसम्म ६३ हजार ८० मत गणना भइसकेको र थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका छन् । प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार साढे १० बजे सर्वदलीय बैठक बस्ने गरी हाललाई गणना रोकिएको बताए ।

यसैगरी ७६ हजार ७ सय ५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको बताए । हालसम्म कांग्रेसका नारायण खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् र १ हजार ८ सय २५ मतले अग्रता लिएका छन् । उनका निकिटम पार्टी एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।