धनुषा ४ : कांग्रेसका महेन्द्र यादवको अग्रता

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै गएका छन् । मतगणनाको सुरुदेखि नै नेकपा एमाले रघुवीर महासेठले अग्रता लिएका थिए ।

पछिल्ला विवरण अनुसार यादवले ६ सय ८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार २ सय ६ मतप्राप्त गरेका छन् । त्यसैगरी महासेठले २६ हजार ५ सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिएका छन् ।