हालसम्म समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ९३ लाख ५ हजार ७ सय ६६ मत गणना गरिएको बताएका छन् ।निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपाएमालेले २५ लाख ३४ हजार ३ सय २३ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७ सय १८, नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको बताएका छन् । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार ८ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २ सय २९ र नेकपा मालेले २६ हजार ९ सय ७१ मत प्राप्त गरेको बताए ।

अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६ सय ९४ मत प्राप्त गरेको छ भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए ।

आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार ८ सय ६९ मतगणना भएको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार ७सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार ४ सय ३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १सय ३८ मत गणना भएको जानकारी दिएको छ ।