पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी चालकको प्रदर्शन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरुले आन्दोलन गरेका छन् । मंगलबार बिहान विमानस्थलको आगमन गेट अगाडि उनीहरुले प्रदर्शन गरेका छन् ।

पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएको थियो । अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १ सय रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु विमानस्थलको गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् ।

त्रिभुवन विमानस्थलमा मल्होत्राको कम्पनीको रजगज विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै विरोध गरेका छन् ।